TodayPati

प्रदेश २ सहित यी स्थानहरुमा आज राति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २ गते ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मंगलबार साँझ ६ बजे जारी गरेको मौसम बुलेटिनमा देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ ।

Sponsored

प्रदेश १, प्रदेश २, लुम्विनी तथा गण्डकी प्रदेशका केही स्थानहरू, वागमती प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै देश १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल देशको अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रहि प्रदेश १, बाग्मती, गण्डकी, सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाकी प्रदेशका एक-दई स्थानहरूमा हल्का देखि मध्यम बर्षा भइरहेको छ । प्रदेश न १ थोरै स्थानमा भारी बर्षा समेत भएको छ ।

Sponsored

भोलि बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रदेश १ का केही र प्रदेश २, बागमती, गण्डकी, लुम्विनी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशााखाले देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम तथा केहि स्थानहरुमा ठूलो वर्षाको सम्भावना रहेकाले सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *