दसैँ अवधिमा देशभर सवारी दुर्घटनामा १६१ जनाले ज्यान गुमाए
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २ गते ।
दसैँको अवधिमा मात्रै देशभर सवारी दुर्घटनामा परेर १६१ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार दसैँको घटस्थापनपछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको हो ।
फूलपातीको दिन मुगुमा बस दुर्घटनामा ३२ जनाको मृत्यु भयो ।
नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिले संचालन गरेको भे.१ख ३१६७ नम्बरको बस जुम्ला–मुगु सडक खण्डको पिनातपने खोलामा पल्टेको थियो ।
यसैगरी दसैँको अवधिमै कास्कीमा जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए । अन्नपूर्ण गाउँपालिका–१० स्थित घान्द्रुक नजिकै ग १ ज ६९०० नम्बरको जिप दुर्घटना भएको थियो ।
Sponsored
दसैँ अवधिमा धनुषामा मात्र ३३ सवारी दुर्घटना भएको छ । जसपमा ३ जनाले ज्याना गुमाएका छन् ।