अस्पताल पुगेर नेता मोहन वैद्यलाई भेटिन् राज्यमन्त्री यादव
टुडेपाटी-
काठमाडौं, कार्तिक २ गते ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई अस्पताल पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी छिन् ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका वैद्यलाई भेटेर राज्यमन्त्री यादवले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी हुन् ।
मंगलबार बिहान वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको यादवको सचिवालयले जनाएको छ। राज्यमन्त्री यादवले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्न समेत आग्रह गरिन ।
वैद्यको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए । उनलाई दमलगायत समस्या देखिएको छ ।
Sponsored