TodayPati

देशका अधिकांश स्थानमा वर्षा हुँदै, बुधबारसम्म जारी रहने सम्भावना

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २ गते ।

देशका अधिकांश स्थानमा मौसम सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज (मंगलबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशका अधिकांश हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

Sponsored

प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भइरहेको छ।

वर्षा बुधबारसम्म जारी रहने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । यस्तै कतिपय प्रदेशका हिमाली भेगमा हिमपातसमेत हुने सम्भावना रहेको

महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन।चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Sponsored

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।

सुदूरपश्चिम र प्रदेश नम्बर १ का केही स्थान र प्रदेश नम्बर २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *