बटेश्वरमा नेकपा एसको चियापान सम्पन्न, घुसखोर गापा अध्यक्षविरुद्ध गर्जे सांसद महतो
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीको शुभकामना अदान प्रदान एवं चियापान समारोह सम्पन्न भएको छ ।
बडा दशैं, दिपावली, छठपर्व तथा सामाचाकेवा पर्वको अवसरमा एकीकृत समाजवादी पार्टी बटेश्वर गाउँपालिका वडा नं. १ र २ ले संयुक्त रुपमा सोमबार समारोह आयोजना गरेको थियो ।
एकीकृत समाजवादीका स्थानीय जेष्ठ नागरिक मुसहरु महतोको अध्यक्षता तथा समाजवादीका स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश २ सांसद सत्रुधन महतोको प्रमुख आतिथ्यमा समारोह भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद महतोले अगामी निर्वाचनमा भ्रष्टाचारीहरु तह लाग्ने बताएका छन् ।
बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतमाथि इंगित गर्दै प्रदेश सांसद महतोले जनतोले भने, ‘एजेन्टी दलाली गर्ने व्यक्तिलाई सुध्रिन्छ भनेर जनताले पछिल्लो चुनावमा भोट दिएर जिताए । तर, जितिसकेपछि पुनः त्यहि प्रवृति दोह्र्याए । भ्रष्टाचारमा उत्रे । ८ लाख घुस फालेर भागे । जनताले बुझ्दैछन् मलाई पनि त्यस्तालाई जिताएर गल्ती गरेको महसुस भइरहेको छ । म जनतासंग क्षमा चाहन्छ्ु । त्यस्ता भ्रष्टाचारीलाई जनताले अब तह लगाउँछ ।’
Sponsored
उनले एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य द्वय रघुवीर महासेठ र जुली महतोलाई लक्षित गर्दै दुबै श्रीमान श्रीमतीले राजारानी शैली देखाएको टिप्पनी गरे । जुन सुकै ठाउँमा कार्यक्रम गर्दा पहिला नेता कार्यकर्तालाई पैसा दिएर प्रवेशद्वारमा एका तर्फ श्रीमान र अर्को तर्फ श्रीमतीको तस्वीर सहितको ठूलठुला व्यानर लगाउने गरेको महतोको भनाइ छ ।
‘श्रीमान श्रीमती जहिले पनि जनताको दुखमा साथ दिँदैनन् । जनता सानतिनो समस्या लिएर पुग्दान काम गराइदिन घुस माग्छन् । पैसा उठाउँछन् । नदिए सहयोग गर्दैनन्’ प्रदेश सांसद महतोले भने टिप्पणी गर्दै भने ‘यस्ता दलाल भ्रष्टाचार प्रवृतिका नेताहरुलाई आउँदो निर्वाचनमा जनताले तह लगाउँछन् । तपाइहरु हेर्नुहोला’
अगामी चुनामा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा गठबन्धन बनाएर अघि बढ्ने गृहकार्य गरिरहेको समेत बताए ।
चियापान समारोहमा बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रमिला देवी महतो, माओवादी केन्द्रका स्थानीय नेता कुशेश्वर महतो, काँग्रेस नेता रामलखन महतो लगायतले आ आफ्ना शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको उद्घोषण एकीकृत समाजवादीका नेता नथुनी महतोले गरेका थिए ।
बटेश्वर वडा नं. १ र २ का स्थानीय नेता कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको सो समारोहमा मिथिला नाट्यकला परिषदका कालकारहरुले सांकृतिक कार्यक्रम प्रदर्शन गरी मनोरञ्जन गराएका थिए ।