स्पेनमा कोरोनाबाट १२ हजार बढी स्वास्थ्यकर्मी संक्रमित
टुडेपाटी-
काठमाडौंं, चैत १७ गते ।
कोरोना भाइरसबाट स्पेनमा १२ हजार २ सय ९८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
आपतकालीन स्वास्थ्य सेवा उपप्रमुख मरिया होसे सियराले मुलुकभर यति धेरै स्वास्थ्यकर्मी संक्रमित भएको बताइन् ।
यो संख्या जम्मा संक्रमितमध्येको १४ प्रतिशत छ ।
गएको २४ घण्टामा स्पेनमा ८ सय १२ जनाको मृत्यु भएको छ । यससँगै मृतक संख्या ७ हजार ३ सय ४० पुगेको छ ।
Sponsored