प्रदेश २ लोकसेवा आयोगलाई गालीगलौज गर्ने युवक कालोसूचिमा
टुडेपाटी-
जनकपुरधाम, असोज ३१ गते ।
प्रदेश २ लोकसेवा आयोगलाई गालीगलोज गर्ने महोत्तरीका एक युवक कारबाहीमा परेका छन् ।
महोत्तरीको एकडाडा गाउँपालिका बथनाहा बस्ने बच्चनदेव झाका छोरा प्रनित कुमार झालाई लोकसेवा आयोगले एकवर्षको लागि कालोसूचिमा राखेर कारबाही गरेको हो ।
कर्मचारी भर्नाको लागि आयोगले गरेको विज्ञापन गर्दा प्रनितले दरखास्त दिएका थिए ।
उनको केहि प्रमाणपत्र अपुग रहेको विषयमा आयोगले इमेल मार्फत जवाफ माग गरेको थियो । तर, प्रनितले अपशब्द गालीगलोज गरेर आयोगलाई इमेलमा जवाफ फर्काएपछि उनलाई कारबाही गरेको जनाएको छ ।
आयोगले गएको असोज ६ गते सूचना प्रकाशन गरी प्रनितलाई कालो सूचिमा राखेर कारबाही गरेको जनाएको छ ।
Sponsored
उनले अब एक वर्ष लोकसेवा आयोगको कुनैपनि परीक्षामा सामेल हुन पाउने छैनन् ।