बर्दिबासमा दुई मोटरसाइकल ठोक्किँदा र्दुइ युवकको ज्यान गयो
टुडेपाटी-
महोत्तरी, असोज २७ गते ।
महोत्तरीको बर्दिबासमा मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा बर्दिवास नगरपालिका ३ गौरीडाडा वस्ने वर्ष २६ का सुरज तामांग र सर्लाहीको ईश्वरपुर नगरपालिका १ वस्ने २८ वर्षीय विजय कुमार महतो रहेका छन् ।
मंगलबार साझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका ४ विश्वकर्मा चोकमा पन्चधुरा मन्दिर जाने गेट अगाडी ज१२प २९६१ र प्र २—०१—००२ प—०५९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतक तामांग ज १२ प २९६१ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए भने महतो प्र २—०१—००२प—०५९७ नं।का चालक हुन् ।
यता ज १२ प २९६१ नम्बरको मोटरसाइकलमा सवार बर्दिवास ३ गौरीडाडा वस्ने सोनु सिंह गम्भिर घाइने भएका छन् । उनको उपचार बर्दिबास र जनकपुरमा हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल काठमाडौं लगिएको छ ।
Sponsored
दुर्घटनामा तीनैजना गम्भीर घाइते भएका थिए । तामांग र महतोको महतोको जनकपुर स्थित रामजानकी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुबै मोटरसाइकल नियन्त्रणमा लिइ घटना विषयमा थप अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।