जनकपुर-जयनगर रेल सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनीलाई ७ करोड भुक्तानी
टुडेपाटी-
जनकपुरधाम, असोज २६ गते ।
सरकारले रेल सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनीलाई ७ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ ।
नेपालले खरिद गरेको रेल सञ्चालनको जिम्मेवारी पाएको छ। कोंकण रेल्वे कर्पोरेशन लिमिटेड गत हप्ता अग्रिम भुक्तानीको रुपमा उक्त रकम भुक्तानी गरिएको हो ।
जयनगर–जनकपुर रेल सञ्चालनको जिम्मा १ वर्षको सञ्चालनको जिम्मेवारी उक्त कम्पनीलाई सरकारले दिएको छ। १ वर्षको लागि सरकारले ३५ करोड दिने सम्झौता गरेको छ। त्यसमा अहिले अग्रिम भुक्तानी गरिएको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले जानकारी दिए ।
उनले भने, ‘सम्झौता अनुसार नै भुक्तानी गरिएको हो। सम्झौतामा नै २० प्रतिशत रकम अग्रिम भुक्तानी गरिने बताइएको थियो। सोही अनुसार भुक्तानी जान थालेको हो ।’
सम्झौता अनुसार सोही कम्पनीले भारतबाट २६ जना मुख्य प्राविधिक ल्याएर रेल सेवा सञ्चालन गर्ने उल्लेख छ। यो भुक्तानी पहिले नै पठाउन सो भारतीय भुक्तानी नेपाल सरकारलाई दवाव दिँदै आएको थियो।
Sponsored
अग्रिम भुक्तानी नगरे सम्झौता नै रद्द गर्ने बताएको थियो।
सरकारले एक वर्ष अघि भारतबाट खरिद गरेर ल्याएको दुइसेट रेल अझै सम्म सञ्चालन गर्न नसकेर धनुषाको इनरवा स्टेशनमा पार्किंग गरि राखेको छ ।