TodayPati

रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता

टुडेपाटी-
काठमाडौं, असोज २५ गते ।

रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेको विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकले स्वीकृत गरेको हो ।

राष्ट्रियसभामा उत्पत्ति भइ प्रतिनिधिसभामा विचाराधिन रहेको विधेयक फिर्ता लिन सहमतिका लागि राष्ट्रिय सभामा पठाइएको थियो ।

आजै बसेको राष्ट्रियसभाको बैठकले विधेयक फिर्ता गर्न सहमति जनाएपछि संसदबाट विधेयक फिर्ता भएको हो । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आज पनि एमाले सांसदहरूले नारावाजी गरेका थिए ।

Sponsored

संसदीय सर्वोच्चता कायम गर, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैनलगायतका नारा एमाले सांसदहरूले लगाएका थिए ।

एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनको पत्र पढेर सुनाए ।

प्रतिनिधिसभामा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री देउवाको तर्फबाट मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

Sponsored

अवरोधबीच सभामुख सापकोटाले एमाले सांसदहरुलाई आफ्ना कुरा विधि र प्रकृयाअनुरुप संसदमा राख्न आग्रह गर्दै बैठक अघि बढाउने कोसिस गरेका थिए ।

एमाले सांसदहरूले नाराबाजी नरोकेपछि बैठक कात्तिक ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *