TodayPati

कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु

टुडेपाटी-
कास्की, असोज २५ गते ।


कास्कीमा जिप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ ।

सोमबार कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।

Sponsored

काठमाडौंबाट घुम्न गएका ६ पुरुष, १ महिला र जिपका चालक खुसीमान क्षेत्रीको निधन भएको हो ।

घान्द्रुकको हुँदु कटेपछि घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा जिप ब्याक हुँदा सडकबाट झण्डै डेढ सय मिटर तल मोदी खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।


जिपमा सवार एक महिला भने पछाडिको डिक्की खोलेर बाहिर निस्किन सकेका कारण बाँच्न सफल भएकी छन् । सोमबार करिब दुई बजेतिर भएको दुर्घटनामा निधन हुनेमा प्राय सबै युवाहरु रहेको स्थानीय थमन सुनारले बताए ।

Sponsored

मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी प्रवक्ता सुवास हमालले बताए । ७ मृतकको सनाखत हुन भने बाँकी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *