महोत्तरीमा आरकेस्ट्रा काण्डले मुसहर वस्तीमा लुटपाट, धेरै मानिस गाउँ छाडेर भागे, एक युवती बेपत्ता
टुडेपाटी
जनकपुरधाम, असोज २५ गते ।
महोत्तरीमा आर्केष्ट्रा नाचमा भएको समान्य विवादको विषयलाई लिएर भएको झडपमा सोनमा गाउँपालिका–२ का ५० वर्षीय रामप्रताप यादवको मृत्युपछि टोलमा सन्नाटा छाएको छ ।
विश्वकर्मा पुजाको अवसरमा गत असोज १ गते राति टोलमा आयोजित आरर्केस्ट्रा नाचमा नाच्ने युवतीमाथि मृतकका छोरा सरोजले दुव्र्यवहार गर्दा विवाद विवाद भएको थियो ।
त्यसैको निहुँमा भोलिपल्ट मुसहर वस्तीमा पसेर यादवपक्षले केही व्यक्तिलाई कुटपिट गर्न खोजेपछि झडप भएको थियो । त्यसयता सो मुसहर वस्तीमा भागाभाग मच्चिएको छ ।
प्रहरीले पक्राउ गर्न सक्ने र मृतक परिवारले आक्रमण गर्ने डरले टोलका स्थानीय त्रसित छन् । मुसहरी टोलमा यतिखेर युवक, युवती, व्यस्क एउटै देखिन्न । वृद्ध–वृद्धा, बालबच्चा र केही महिला मात्र टोलमा छन् ।
उनीहरुको अनुहार पनि मलिन र चिन्तित देखिन्छ । घटनामा संलग्न रहेको आरोपमा स्थानीय मलेसी सदा र नथु सदालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मृतक परिवारले किटानी जाहेरी दिएपछि अनुसन्धान अघि बढाउँदै आरोपीहरुको खोजबीन जारी छ ।
Sponsored
स्थानीयका अनुसार विश्वकर्मा पुजाको अवसरमा आयोजित मेलामा राति करिब १२ बजे तरहारीका सरोज यादवले स्टेजमा नाचिरहेकी युवतीलाई पिपही बजाउँदै दुव्र्यवहार गर्न खोजेपछि विवाद भएको थियो ।
उनले युवतीसँग उतश्रृङ्खल गतिविधि गरेपछि स्थानीय मुसहर समुदाय सम्मिलित मेला व्यवस्थापन समितीसँग धक्कामुक्की भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गौशालाका अनुसार मेलामा विवादको क्रममा सरोजले मोबाइल हराएको थियो । त्यो मोबाइल मुसहर समुदायका व्यक्तिले चोरेको सरोजको बुझाइ थियो ।
सोही विवादको बदला लिन भोलिपल्ट सरोजले बुवा रामप्रताप, दाई, साथीभाई तथा छिमेकीहरु मुसहर बस्ती आइपुगे । घटनास्थल सरोजको घरबाट झण्डै दुई किलोमिटरको दुरीमा रहेको छ ।
‘लाठी, भराठा सहित उनीहरुको झुण्ड आएको देखेर मुसहर वस्ती पस्नुअघि यादव समुदायका व्यक्तिहरुले झै–झगडा रोक्ने धेरै प्रयास गरेका थिए । तर उनीहरु गालीगलौज गर्दै जसरी पनि कुटपिट गर्ने, लुटपाट गर्ने भनरे जर्बर्जस्ती हाम्रो टोलमा पसे,’ स्थानीय लतिम सदाले भने, ‘हामीबाट गल्ती भएको छ भने पञ्चायती गरेर दण्ड जरिवाना गर्नुस, क्षतिपुर्ती तिराउनुस तर मारपिट नगर्नुस भनेर हारगुहार गरिरहयौँ । तर केही नसुन्दै मुसहर देख्नसाथ उनीहरुले आक्रमण सुरु गरे । यताबाट पनि मान्छेहरु प्रतिकारमा उत्रिए । दुबैतर्फबाट ढुंगामुढा भयो ।’
त्यसैक्रममा स्थानीय मलेसी र नथु सदामाथि चक्कु प्रहार भयो । ढुंगामुढाको चोट छँदैथियो चक्कु प्रहारले दुबैको शरिर रक्ताम्य बन्यो ।
प्रहरीका अनुसार दुईतर्फी झडपकै क्रममा सरोजका बुवा रामप्रतापलाई समेत ढुंगामुढाले चोट लागेको थियो । उनी बेहोस भएर त्यहीँ ढले । उपचारको क्रममा रामप्रताप यादवको मृत्यु भयो ।
‘पोष्टमार्टम रिर्पोटमा रामप्रतापको छातीमा एक सेन्टिमिटरको सानो चोट, बाँया हातको औलामा थोरै छाला उप्केको र हेड इन्जुरी देखिएको छ । बाहिरबाट ठूलो चोट नदेखिएपनि ढुंगामुढाले लागेको होला,’ प्रहरी निरिक्षक बस्यालले भने ।
तर स्थानीय प्रत्यक्षदर्शीले भने मलेसी र नथुनीलाई रगतले लतपतिएको देखेर रामप्रताप बेहोस भएको दावी गरे । ‘दुबैतर्फबाट मारपिट त भइरहेकै थियो । तर उहाँलाई धक्कामुक्की मात्र भएको थियो । रगत देखेर रामप्रताप बेहोस भएर ढुंगामाथि ढलेछन । त्यतीखेर उनका छोराले उठाएर त्यहाँबाट लगेपछि मृत्यु भयो,’ लतिमले थपे ।
केहीबेरपछि मोटरसाइकल चढेर प्रहरी पनि आए । तर यादव पक्षले प्रहरीमाथि समेत कुटपिट गर्दै जाइलागेपछि उनीहरु त्यतीखेर भागेको स्थानीय सुमित्रा देवीले बताइन् । ‘पुलिसलाई कसैले थप्पडले कसैले फाइटले हान्दै थिए । प्रहरी त्यतीखेर जसोतसो भागे । पछि भ्यानमा आएको प्रहरीमाथि पनि ढुंगामुढा भयो ।
अर्को भ्यान आइसकेपछि मात्र प्रहरी बाँचे,’ उनले सुनाइन् । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप बस्यालले प्रहरीमाथि धक्कामुक्की भएको स्वीकार गरे । यद्दपी कुटपिट नभएको उनको दावी छ । ‘लोकल ठाउँ हो । यहाँको मान्छेलाई घटनास्थलमै निर्णय चाहिन्छ । आक्रोश थियो कुटपिट नभनौँ अलिअलि धक्कामुक्की भयो,’ उनले भने । उनका अनुसार झडपको क्रममा दुबै तर्फका दर्जन बढी व्यक्ति समान्य घाइते भएका थिए ।
रामप्रतापको मृत्यु भएपछि डरले पुरा मुसहर समुदाय बालबच्चा सहितलाई लिएर गाउँ छोडेर भागे । गाउँमा एक÷दुई जना वृद्धा मात्र बाँकी रहे । ‘टोलमा सबैको घरमा खाना पाकिसकेको थियो । तर मारपिट हुनथालेपछि कसैले पाएन । रामप्रताप ढलेपछि हामी सबै बालबच्चा सहित गाउँ छोडेर भाग्यौँ ।
कोही आफन्तको मा गयौँ भने कोही चौरमा लुक्यौँ,’ रिता सदाले घटनाका दिन स्मरण गरिन् । तर विवाद यतिमै समाप्त भएन् । रामप्रतापको मृत्युको घटनाले आक्रोशित भएका तरहारीका झण्डै दुई÷अढाई सय व्यक्तिको समुह आएर पुरा मुसहर वस्तीमा लुटपाट गरे । दुई ÷तीनजनाको घरमा आगो नै लगाउने प्रयास गरे । घटनापछि टोलमा रहेकी एक्ली वृद्धा तेतरी सदाका अनुसार सयौँको संख्यामा रहेको भिडले सबै घरमा तोडफोड सुरु गरे ।
‘सबैको छाना उजाड्ने प्रयास गर्यो । सकेजति घर पनि भत्काए । कसैको घरमा अन्नपात र पैसा रहन दिएन । सबै लुटेर लगे । बाँसको टाटी भत्काइदिए, भाडावर्तन पनि फुटाइदिए । केही लताकपडामा आगो लगाइदियो भने केही लिएर भागे । दर्जन बढी हाँस र खसीबोका लिएर पनि हिड्यो,’ भक्कानिदै उनले भनिन्, ‘बाँकी रहेका केही अन्नपात सबै बाहिर फालदियो । केही चामल, नुन, तेलमा तेजाब र विष पनि मिलाएदियो ।
टोलमा कमाउने कोही रहेनन् । सबैजना भागिसकेपछि हामी भिख मागेर खाइरहेका छौँ ।’ शरिरमा लगाएको लत्ताकपडा बाहेक घरमा केही बाँकी नरहेपछि मुसहर वस्तीका स्थानीय चिन्तित छन् । ‘हामी अब कसरी बाँच्ने रु न खानेकुरा छ न कमाउने मान्छे । जाडो मौसम आउन केहीदिन मात्र बाँकी छ आफु अनि बच्चालाई कसरी जोगाउने ?,’ स्थानीय उर्मिला सदाले सुनाइन् ।
पक्राउ परेका मलेसीकी छोरी बेपत्ता
रामप्रतापको मृत्युको घटनामा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय गौशालाले मलेसी र नथु सदालाई पक्राउ गरि उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाएको छ ।
मलेसीका चार र नथुका ३ जना छोराछोरी छन् । घरमा कोही उनीहरुका श्रीमती र बालबच्च मात्र छन् । ती मध्ये मलेसीका १६ वर्षीया छोरी हरिकञ्चन सदा घटना भएकै दिनदेखि बेपत्ता छिन् । ‘सबै आफन्त, नातागोता र कुटुम्बको घरमा खोजिसक्यौँ तर कहीँ भेटिएन् ।
कुटपिटको क्रममा यादवहरुले मेरो छोरीलाई उठाएर लाने, इज्जत लुट्ने भन्दै थिए । सायद उनीहरुले नै उठाएर लगे कि के गरे पत्ता लागेको छैन,’ आँशु झार्दै उनकी आमा कारोदेवी सदाले भनिन् । उनका अनुसार झगडाका बखत हरिकञ्चन घरमै थिइन् । तर भागाभाग मच्चिएपछि सबै गाउँ छोडेर भागे ।
हरिकञ्चन समेत कतै भागेको हुनसक्ने आशंका थियो । तर अहिलेसम्म उनी फेला नपरेपछि विभिन्न शंका गरिन थालिएको छ । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप बस्यालले कञ्चनरुपको खोजबिनमा प्रहरी लागि परेको बताए । ‘झडप हुँदा कसैले उनलाई समात्न खोजेको थियो । त्यतैखेर उ भाग्या हो । मेरो बुझाइमा बेपत्ता होइन,’ उनले भने । सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले मुसहर समुदयामाथि यहाँ अत्याचार भएको बताए ।
‘घटना नहुनुपर्नेथ्यो । तर भइसकेपछि मृतक परिवारलाई कानुनी उपचार खोज्नुपथ्र्यो न कि मुसहर वस्तीमा गएर घर तोडफोड र लुटपाट गर्नुपथ्र्यो,’ मिडियाप्रति आक्रोश पोख्दै उनले भने, ‘पीडितका लागि आजसम्म कुनै पत्रकार र मिडिया आएन् । जसको कोही छैनन् उसका लागि मिडिया पनि छैनन् ।’
मुसहर कमजोर र सानो जात भएकाले केही यादव समुदायले छेडखानी गरेपछि घटना भएको उनको भनाइ छ । ‘सानो जात केही बुझ्दैनन, पढेलेखेका हुँदैनन । उनीहरुका कोही हँुदैन कमजोर हुन्छ भनठानेर यीनीहरुले छेडखानी गरे । मुसहरले प्रतिकार गरे । संयोगबस रामप्रताप मरे,’ अध्यक्ष यादवले भने, ‘यस्तो डरको माहौल बन्यो कि एक हप्तासम्म जनपथ र सशस्त्र प्रहरीले त्यहाँ अस्स्थायी पोष्ट बनाएर बस्नुपर्यो ।’
वडा, पालिका र प्रहरीको सहकार्यमा गाउँ छोडेर भागेका केही मुसहर समुदायका व्यक्तिलाई घर फर्काइएको उनले बताए । हरिकञ्चन बेपत्ता भएको विषयलाई आफुले समेत गम्भीरता पुर्वक लिएको र खोजबिन गरिरहेको गाउँपालिका अध्यक्ष यादवको भनाई छ । प्रहरी निरिक्षक बस्यालका अनुसार मुसहर टोलका अझै ५० प्रतिशत व्यक्ति गाउँमा छैनन् ।
रामप्रतापको हत्या भएको घटनामा २ जना पक्राउ परेपनि जाहेरी परेकामध्ये १४ जना अझै फरार छन् । आफुहरुमाथि लुटपाट, छोरी बेपत्ता पारेको र कुटपिट गरेको भन्दै मुसहर समुदायले समेत ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिने तयारीमा छन् । ‘हामीले मुचुल्का गरिसक्या छौँ । उनीहरुले जाहेरी ड्राफ्ट गरिसकेको खबर आएको छ ।
एकचोटी ल्याउँदा केही मिस्टेक थियो करेक्सन गरेर ल्याउन भनेका छौँ । जाहेरी आएपछि घटनामा संलग्न अर्को पक्षलाई पनि कारबाही गर्छौ,’ प्रहरी निरिक्षक बस्यालले थपे । समुदायका कोही पढलेख नगरेकाले कानुनको प्रक्रियमा जान अप्ठयारो परेकाले सहयोग गरिदिन कारोदेवी सदाले आग्रह गरिन् ।जनकपुरप्रेसबाट