महोत्तरीका एक वडाध्यक्ष १० हजार घुस सहित अख्तियारको फन्दामा
टुडेपाटी-
जनकपुर, असोज २४ गते ।
महोत्तरीका एक वडाध्यक्षसहित दुईजना १० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् ।
मटिहानी नगरपालिका वडा नम्बर –५ का वडाध्यक्ष रामबहादुर महतो र वडा कार्यालयका सहायक कम्प्युटर अपरेटर अब्दुल राइन आइतबार दिउँसो १० हजार घुस सहित अख्तियारको फन्दामा परेका हुन् ।
जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत १० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलिले वडाध्यक्ष महतो र कम्प्युटर अपरेटर राइनलाई रँगेहात पक्राउ गरेको हो ।
दुबैजनालाई १० हजार रुपैयाँ सेवाग्राहीबाट लिसकेको अवस्थामा रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
दुबैजनामाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
Sponsored