TodayPati

इजरायलका प्रधानमन्त्री कोरोना भाइरस संक्रमित रहेको पुष्टि

एजेन्सी
बेलायकी महरानी, प्रधानमन्त्री र मन्त्रीपछि इजरायलका प्रधानमन्त्रीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई कोरोना भाइरस रहेको सोमवार पुष्टि भएको हो ।


प्रधानमन्त्री नेतन्याहुले सोमबार आफूमा पनि कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए।

Sponsored

उनले प्रधानमन्त्री कार्यालयका केही अधिकारीलाई पनि कोरोनाको संक्रमण भएको बताएका छन्।

आफूहरु यतिबेला एकान्तबासमा बसिसकेको नेतन्याहुले जानकारी दिएका छन्।

हालसम्म इजरायलमा ४ हजार ३४७ कोरोनाले बिरामी परेका छन्। त्यहाँ १६ जनाको मृत्यु भइसकेको छ। सीएनएन

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *