जसपा प्रदेश २ अध्यक्ष पदबाट मन्त्री विजय यादवले दिए राजीनामा
टुडेपाटी-
जनकपुरधाम, असोज २४ गते ।
जनता समाजावदी पार्टी (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादवले पदबाट राजीनामा दिएका छन् ।
पार्टीको एक व्यक्ति एक पद अवधारणा अन्तर्गत उनले प्रदेश अध्यक्ष पदबाट आइतबार राजीनामा दिएको श्रोतले जनाएको छ ।
यादव पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य समेत छन् ।
श्रोतका अनुसार प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री यादव आइतबार नै पार्टी केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाएका हुन् ।
पूर्व संघीय समाजवादी फोरम नेपाल र पूर्व राष्ट्रिय जनता पार्टी नेपालबिच भएको एकीकरण अन्तर्गत समायोजन प्रक्रियालाई पूर्णता दिने गरि जसपाको कमिटी पुनरगठ गठन गर्न लागेको हो ।
Sponsored
कमिटी पुनरगठनको लागि केन्द्रिय अध्यक्ष उपेन्द्र यादव अहिले जनकपुरमा छन् ।