जसपा प्रदेश २ का मुख्यसचिव झाले दिए राजीनामा
टुडेपाटी-
जनकपुरधाम, असोज २४ गते ।
जसपाका प्रदेश २ का मुख्यसचिव शम्भु झाले राजीनामा दिएका छन् । मुख्य सचिवसहित पार्टीको सम्पूर्ण जिम्मेबारीबाट राजीनामा दिएको हो ।
जसपा पार्टीमा काम गर्नै आफूमा योग्यता र क्षमता नभएकोले प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी बाट राजीनामा दिएको झाले बताएका छन् ।
झाले भने, ‘यो पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी बाट राजीनामा दिएको छु ।’
जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिनासम्म काम गरेको बताउँदै झा आफ्नो योग्यता र क्षमता भन्दा ठूलो पद आफूले पाएको बताए । ‘म आफ्नो कार्यकालका प्रदेश अध्यक्ष रेणु यादव र विजय यादवप्रति सदैव ऋृणी रहिरहनेछु’ उनले सम्झे ।
आफू बाँचुजेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजानेसमेत झाले बताए ।
Sponsored
प्रदेश समितिलाई समायोजन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएको बेला उनले पार्टीबाट राजीनामा दिएका हुन् । अध्यक्ष यादवले तत्कालिन राजपाबाट जसपामा आएकालाई समेत समायोजन गरी प्रदेश समिति आजै घोषणा गर्ने कार्यक्रम रहेको छ ।
पत्रकारिता पृष्ठभूमीका झा नेपाली कांग्रेसबाट राजनीति शुरु गरेका थिए । कांग्रेसका सप्तरी कोषाध्यक्ष रहेको समयमा उनी तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए ।