TodayPati

देउवा सरकारका उद्योगमन्त्री गजेन्द्र हमालले दिए राजीनामा

टुडेपाटी-
जनकपुरधाम, असोज २४ गते ।

व्यापक आलोचनापछि शेरबहादुर देउवा सरकारका उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले केहीबेरअघि पदबाट राजीनामा दिएका हुन्।

Sponsored

उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हमाल निकट स्रोतले जनाएको छ। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र बुझाएर आफ्नो निवासमा फर्किएका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा उनी गएको शुक्रबार मन्त्री बनेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *