TodayPati

सप्तरीमा सडक दुर्घटनामा गम्भीर घाइते भएका बालकको ज्यान गयो

टुडेपाटी-
सप्तरी, असोज २३ गते ।

सप्तरीमा स्कारपीओको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका–६ का तुलसी चौधरीको १० वर्षीय छोरा सुशिल चौधरीको मृत्यु भएको हो ।

गत सोमवार पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–६ मा पश्चिमतर्फ गइरहेको ना २ च ३७५४ नम्वरको स्कारपीओले बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।

Sponsored

उपचारको क्रममा बालकको अवस्थामा सुधार नआउने भन्दै चिकित्सकले जवाफ दिएपछि घर ल्याउने क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

ठक्कर दिने स्कारपीओ प्रहरी नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको काफ्लेले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *