TodayPati

Breaking…काठमाडौंमा कोरोना आशंका गरिएका थप दुइ जनाको मृत्यु

टुडेपाटी-
काठमाडौँ, चैत १७ गते ।

काठमाडौँस्थित वीर अस्पतालमा कोरोना संक्रमण शंकास्पद दुइजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

भारतबाट फर्किएका ५० वर्षीय एक पुरुष र ३४ वर्षीय महिला रहेका छन् । कोरोना संक्रमणको आशंले उनीहरुको स्वाव संकलन गरी प्रयोगशाला पठाइएको छ ।

तर रिपोर्ट आउन बाँकी रहेको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए । उनका अनुसार निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो ।

Sponsored

उनको सोमबार विहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *