मुख्यमन्त्री राउतले जानकी मन्दिरका महन्थसँग लिए आशिर्वाद
टुडेपाटी-
जनकपुरधाम, असोज २१ गते ।
दुई तिहाइ विश्वासको मत पाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरका महन्थसँग आशीर्वाद लिएका छन्।
मुख्यमन्त्री राउत बिहीबार दिउँसो जानकी मन्दिर पुगेर महन्थ रामतपेश्वर दासलाई ढोगि आशीर्वाद लिएका हुन् ।
राउतले प्रदेशसभामा दुईतिहाइ विश्वासको मत पाएका थिए । प्रमुख सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएपछि बुधबार मुख्यमन्त्री राउतले विश्वासका मत मागेका थिए ।
प्रदेश सभामा कायम १०४ प्रदेश सभा सदस्य मध्ये राउतको पक्षमा ७७ मत र विपक्षमा २३ मत परेको थियो ।
मदरसा विधेयक ल्याएर प्रदेश २ लाई तालिबान बनाउन खोजेको मुख्यमन्त्री राउतमाथि आरोप लाग्ने गरेको छ । हिन्दुवादी संघसंस्थाले मुख्यमन्त्री राउतको राजिनामाको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।
Sponsored