सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा औषधि खरिदमा व्यापक अनियमितता
शुभनारायण यादव-
सप्तरी, असोज २१ गते ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले औषधी खरिदमा अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ अनुसार सार्वजनिक खरिद नियमावली विपरीत हुने गरी औषधी खरिद गरेको पाइएको हो ।
नगरपालिकाले ३९ लाख ८९ हजार २ सय ५६ रुपैयाँको औषधी नियम विपरीत खरिद गरेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक खरिद नियमावली, २०७४ को नियम ८५ उपनियम १ ९क० मा २० लाख रुपैयाँसम्मको औषधीजन्य मालसामान उत्पादकले राष्ट्रिय स्तरका पत्रिकामा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ । तर, नगरपालिकाले सोबमोजिम नगरी अनियमितता गरेको पाइएको छ । नगरपालिकाले खरिद गरेको उक्त औषधी कुन उत्पादन कम्पनीबाट किनिएको हो रु त्यसबारे केही खुलाइएको छैन ।
यस्तै, आपूर्ति भएका औषधी विश्व स्वास्थ्य संगठनबाट प्रमाणित हुनुपर्ने, औषधी उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषयविज्ञबाट मुचुल्का उठाई नराखेको पाइएको छ । औषधी बिक्रीको भए÷नभएको प्रमाणपत्र समावेश नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
औषधी खरिद प्रक्रिया कानुन विपरीत हुँदा महालेखाले खरिद, आपूर्ति, दाखिला तथा खर्चको विवरण अद्यावधिक हुने गरी अभिलेख राख्न सुझाएको छ । तोकिएको गुणस्तरअनुसार औषधी प्राप्त भएरनभएको यकिन गरी हस्तान्तरण तथा खरिद गरेको औषधीको विवरण खुल्ने गरी राख्ने तथा आर्थिक वर्ष अन्त्यमा बाँकी रहेका औषधीको जिन्सी व्यवस्थित गर्नेतर्फ ध्यान दिन नगरपालिकालाई निर्देशन गरिएको छ ।
Sponsored