TodayPati

भारतको उत्तर प्रदेशमा भयानक दुर्घटना, ९ जनाको ज्यान गयो, २७ जना घाइते

टुडेपाटी-
जनकपुरधाम, असोज २१ गते ।

भारतको उत्तर प्रदेशमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा ९ जनाको ज्यान गएको छ । अन्य २७ जना घाइते भएका छन् ।

युपीको किसान पथ रिंगराड स्थित बाराबंगको देवथाना नजिक बबुरी गाउँ नजिकै बिहीबार बिहान यो दुर्घटना भएको हो ।

Sponsored

दिल्लीबाट बहराइच जाँदै गरेको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक ठोक्किँएर दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

दुबै गाडी तिव्रगतिको कारण एक आपसमा ठोक्किँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको हो ।

मृतकहरु बसमा सबार यात्रुहरु रहेको जनाइएको छ । बसमा ७० यात्रु सबार थिए ।

Sponsored

जसमा २७ जना गम्भीर घाइते भएका छन् । दुर्घटनको विषयमा अधिकारीहरुले अनुसन्धन गरिरहको भारतीय प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *