शक्तिपीठहरुमा हुँदै आएको पशुबलि बन्दको माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन
टुडेपाटी-
जनकपुरधाम, असोज १९ गते ।
जनकपुरधाममा पशुबलि बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
मंगलबार ब्रह्म कविर उपासक समाज धनुषाले नगर परिक्रमा गर्दै बलिप्रथाको विरोधमा प्रदर्शन गरेको हो ।
जनकपुरधामस्थित विभिन्न शक्तिपीठमा हुँदै आएको बलिप्रथाको विरोध गर्दै समाजका संयोजक शिवकुमार महतोको अगुवाइमा निस्केको विरोध र्याली बजरंग चोक, रामानन्द चोक, जानकी मन्दिर, राजदेवी मन्दिर, राम चोक, मुरलीचौक हुँदै पुनः सोही स्थानमा आएर समापन भएको थियो ।
संयोजक महतोले बलिप्रथा, दाइजो र नशामुक्त समाज निर्माणलगायतका माग राख्दै आफूहरुले जुलुस प्रदर्शन गरेको जानकारी दिए ।
समाजले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बलिप्रथा बन्द गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।
Sponsored