TodayPati

काठमाडौंमै ‘धोती’ भन्दा कतिपय कार्यक्रममा गाइनँ : पूर्व भारतीय राजदुत रञ्जित रे

टुडेपाटी-
जनकपुरधाम, असोज १९ गते ।

नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेले भर्खरै ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डिया(नेपाल टाइज’ नामक पुस्तक प्रकाशन गरेका छन् ।

पुस्तकमा उनले आफ्नो कार्यकालमा देखेभोगेका अनुभव र धेरैजसो नेपाल, भारत र चीनको चर्चा गरेका छन् ।

Sponsored

जसपमा सबभन्दा बढी नेपाल भारतसम्बन्ध र आफ्नो कार्यकालमा नेपालका नेतृत्व तहका नेता तथा पूर्वपूधानमन्त्रीहरुको चर्चा समेटेका हुन् ।

पूर्वराजदूत रेले आफ्नो कार्यकालमा काठमाडौं दशरथ रंगशालामा भएको नेपाल र भारतबीच फुटबल म्याचमा फुटबल खेल्न आएका भारतीय खेलाडीलाई दर्शकले धोती भनेको प्रंसग पनि उल्लेख गरेका छन् । त्यसपछि कतिपय कार्यक्रममा आफु सहमागि नभएको उनको पुस्तकमा उल्लेख छ ।

‘पहिले राष्ट्रवादी सोच र भावनाकै बीच फुटबल म्याच खेल्न भारतबाट आएका खेलाडीलाई दशरथ रगशालाका दर्शकले ‘धोती’ भनेको र ‘बुद्ध नेपालमा जन्मिएका हुन्,’ उनले भनेका छन् ।

Sponsored

उक्त भनाइकै कारण कतिपय समय सार्वजनिक समारोहमा आफू जानै नसकेको उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

‘राष्ट्रवादको अभियान काठमाडौंमा रहँदा धेरै चलेको पनि उनले पुस्तकमा उल्लेख गरेका छन् ।

साथै उनले गौतम बुद्ध भने नेपालमै जन्मिएको स्वीकार्य अभिव्यक्ति दिएका छन् पुस्तकमा । उनले भनेका छन्, ‘नेपाल ‘बुद्ध नेपालमै जन्मेका हुन्, बरु बौद्ध सभ्यता नेपाल–भारत दुवैतर्फ विस्तारित छन्।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *