यथासिघ्र सरकार विस्तार हुनुपर्छ : नेता पोखरेल
टुडेपाटी-
जनकपुरधाम, असोज १७ गते ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले यथासिघ्र सरकार विस्तार हुनुपर्नेमा जोड दिएका छन् ।
महोत्तरीको गौशाला नगरपालिकाको गौशाला दर्पण पुस्तक विमोचन गर्दै पूर्वशिक्षा मन्त्रीसमेत रहेका नेता पोखरेलले सरकार विस्तारमा अब ढिलाइ नगरी प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका हुन् ।
उनले पाँच दलीय गठबन्धनको कार्यगत एकता व्यवस्थित ढंगले अगाडि बढाउन पनि एमसीसी यथास्थितिमा पास गर्न नहुने बताए ।
कार्यक्रममा संविधानसभा सदस्य समेत रहिसकेका कांग्रेस नेता सीताराम भण्डारीले वर्तमान गठबन्धन वैचारिक ढंगले अघि बढ्नुपर्ने र निर्वाचनसम्मै गठबन्धन रहनुपर्नेमा जोड दिएका थिए ।
सोहि प्रसंग केलाउँदै नेता पोखरेलले एकता कायम राख्न एमसीसी विषयमा दलहरुबीच समहमति गरेर मात्र अघि बढ्नु पर्ने बताए ।
‘कसैले यथास्थितिमा नेता पोखरेलले भने, ‘म चाहिँ यसलाई राष्ट्रिय हितमा ढाल्नु पर्छ। र दलहरूको बीचमा सहमत हुनुपर्छ। यसले कार्यगत एकता ठीक ढंगले जान्छ। मुलुकलाई पनि राष्ट्रिय हितमा लैजान सकिन्छ ।’
Sponsored