TodayPati

मुख्यमन्त्री कार्यालयमा भएको भ्रष्टाचार ढाकछोप गर्न जसपाको विरोध जुलुस

टुडेपाटी-
जनकपुरधाम, असोज १७ गते ।

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा भएको भ्रष्टाचार ढाकछोप गर्न जसपाले प्रदर्शन गरेको छ ।

मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरीलाई बाँडेको बेनामे साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको गुनासोपछि अख्तियारले मारेको छापा विरुद्ध जसपाले प्रदर्शन गरेको हो ।

Sponsored

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम बेटी पढाउ बेटी बचाऊ कार्यक्रमलाई बदनाम गर्न छापा मारेको विरुद्धमा जसपाका नेता कार्यकर्ताले आइतबार जनकपुरसहित प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गरेका हुन् ।

जनकपुरसहित लहान, सिरहा, राजविराज, मलंगवा, गौर, कलैया, पर्सा लगायतको स्थानमा जसपाले आइतबर अख्तियार विरुद्ध प्रदर्शन गरेको हो ।

जनकपुरमा रेल्वे स्टेशनबाट सयौंको संख्यामा जसपाका नेता कार्यकर्ताले मोटरसाइकल जुलुस निकालेर प्रदर्शन गरेका छन् । जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गर्दै पीडारीचोकमा पुगेर कोणसभामा परिणत भइ सम्पन्न भएको छ ।

Sponsored

कोणसभामा बोल्दै जसपाका नेताहरुले अख्तियराले सुनियोजित रुपमा प्रदेश सरकारलाई बदनाम गराउने नियतले मुख्यमन्त्री कार्यालयमा छापा मारेको भन्दै संघीयता विरोधी काम गरेको आरोप लगाएका छन् । यसअघि शनिबार साँझ जसपाले ८ वटै जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको थियो ।

अख्तियारले बुधबार मुख्यमन्त्री कार्यलयमा छापामारी गरि साइकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो । छापा काण्डपछि अख्तियार विरुद्ध गरेको प्रदर्शनलाई मुख्यमन्त्री कार्यालयमा भएको भ्रष्टाचार ढाकछोप गर्न जसपाले आन्दोलन गरेको भन्दै व्यापक आलोचना हुन थालेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *