TodayPati

चाडपर्व लक्षित गरी लाखौंको पटका भण्डार गर्ने सर्लाहीका यादव प्रहरीको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, असोज १७ गते ।

नजिकदै गरेको चाडपर्वलाई लक्षित गरी अवैध रुपमा पटका भण्डारण गर्ने कार्यमा संलग्न रहेको आरोपमा सर्लाहीका एकजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले अवैध रुपमा पटका, आतिसबाजी जन्य पदार्थको भण्डारण गर्ने कार्यमा संलग्‍न रहेको आरोपमा सर्लाहीको रामनगर गाउँपालिका १ सर्लाही घर भइ हाल काठमाडौंको कागेश्‍वर बस्‍दै आएका ३० वर्षीय कामेश्‍वर प्रसाद यादवलाई पक्राउ गरेको हो ।

Sponsored

यादवले विभिन्‍न मितिमा उपत्यका बाहिरबाट गैरकानुनी रुपमा लुकाइछिपाइ पटाका, भुइचम्पा लगायतका आतिसवाजीजन्‍य विष्फोटक पदार्थहरु विजया दशमी तथा दीपावलीलाई लक्षित गरी भण्डारण गरेको प्रहरीको दाबी छ ।

उनको साथबाट प्रहरीले गमला पटाका २५ केजी तौल भएको १ बोरा, स्पेशल फ्लावरकोन पटाका ४२० केजीको ११ कार्टुन्, हाइड्रो फोइल्स फटाका ५४ केजीको ३ कार्टुन, झ्यारझ्यारे पटाका १०९२ केजीको ९१ कार्टुन, रोल क्‍याम्पस पटाका १५ केजीको १ कार्टुन,ग्राउण्ड चक्र पटाका १२० केजीको ४ वटा कार्टुन, स्पाइनर पटाका ९६ केजीको ४ वटा कार्टुन, हाइड्रो बम पटाका ७५ केजीको ३ वटा कार्टुन, विभिन्‍न पटका मिसिएको १२० केजीको ६ वटा बोरा, नगद ९० हजार र एक थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धित कसुर अन्तर्गतको मुद्दामा आवश्‍यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *