एमालेको विधान महाधिवशेनमा प्रभु शाह सहभागी नहुने
टुडेपाटी-
काठमाडौं, असोज १५ गते ।
एमालेको विधान महाधिवशेनमा नेता प्रभु शाह सहभागी नहुने भएका छन् ।
एमालेलाई तत्कालीन नेकपाकै निरन्तरताका रुपमा अघि बढाउनु पर्ने आफ्नो माग अध्यक्ष केपी ओलीले सम्बोधन नगरेको कारण देखाउँदै शाहसहित उनीनिकट कार्यकर्ताहरु महाधिवेशनमा सहभागी नहुने भएका हुन् ।
केही दिनअघि अध्यक्ष ओलीलाई भेटेर आफ्ना मागबारे जानकारी गराएका शाहले शुक्रबार आफू निकट कार्यकर्तासँग छलफल गरेपछि दिउँसोदेखि सुरु हुन लागेको एमालेको विधान महाधिवेशन सहभागी नहुने भएका हुन् ।
साहले अध्यक्ष ओलीसँग ८ बुँदे फरक मत राखेका छन् । उनी पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रचण्ड माधव समूह छाडेर मन्त्री बनेका थिए ।
Sponsored