TodayPati

प्रदेश २ एमाले संसदीय दलको नेतामा मण्डल र प्रमुख सचेतकमा साह चयन

टुडेपाटी-
जनकपुरधाम, असोज १५ गते ।

प्रदेश २ मा नेकपा (एमाले) संसदीय दलको नेतामा दोश्रो पटक सत्यनारायण मण्डल चयन भएका छन् ।

त्यस्तै पार्टीको प्रमुख सचेतकमा किशोरी साह कमल चयन भएका हुन् ।

Sponsored

यसअघिका एमाले संसदीय दलका नेता शत्रुधन महतो र प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा पार्टी विभाजन पश्चात् एकीकृत समाजवादीमा गएपछि दुबै पद रिक्त थिए ।

पार्टी विभाजन पश्चात् पहिलोपटक बुधबार बसेको एमाले संसदीय दलको बैठकले दलका नेतामा पुनः दोश्रो पटक नेता मण्डललाई  सर्वसहमितबाट चयन गरिएको हो ।

निर्वाचन लगत्तै एमालेमा मण्डल नै दलको नेता बनेका थिए । एमाले र माओवादी एकीकृत भएर नेकपा गठन हुँदा मण्डल नै दलका नेता यथावत थिए ।

Sponsored

सर्वोच्चको फैसलाले दुबै दल पुरानै अवस्थामा फर्केपछि माधव नेपाल पक्षका १३ सांसदले बहुमतसहित मण्डललाई हटाएर सत्रुधन महतोलाई दलको नेता बनाइएको थियो । पार्टी विभाजन पश्चात् एमालेका २१ प्रदेश सांसद मध्ये १३ जना एकीकृत समाजवादीमा गइसकेका छन् । 

प्रदेशसभामा एमालेमा हाल ८ जना मात्रै सांसद छन् । प्रदेश २ सभामा सुरुमा तेस्रो शक्तिको रुपमा रहेको एमाले विभाज पश्चात् पाँचौ स्थानमा पुगेको छ भने एकीकृत समाजवादी चौथो शक्ति बनेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *