TodayPati

‘लकडाउन’ मा उठ्दैन धनुषाका CDO निरौलाको फोन

टुडेपाटी-
जनकपुरधाम, चैत १७ गते ।

कोरोना संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गरेको छ । यस्तो बेला प्रशासनिक निकायहरु ‘हाइ एलर्ट’ मा छन् ।

सबैले आ–आफ्ना स्थानबाट कोरोना संक्रमणबाट बच्न र बचाउन लागि परेका छन् । संचारकर्मीहरु सकेसम्म घरबाटै टेलिफोन र अनलाइनको माध्यमबाट समाचार संकलन र सम्प्रेशन गरिरहेका छन् ।

Sponsored

यस्तो सम्वेदनशील अवस्थामा प्रशासनिक निकाय र धनुषा जिल्लाकै प्रमुखको दायित्व बोकेका प्रमुख जिल्ला अधिकारीलाई जोसुकैलेपनि यस्तो संकटकालीन परिस्थितीमा कुनै महत्वपुर्ण जानकारी दिन वा लिन फोनसम्पर्क गर्न सक्छन् ।

तर यस्तो संकटको बेला धनुषाका प्रमुख जिल्ला अधिकारीको रुपमा केहीअघि मात्र आएका कोषहरी निरौलाको फोन भने उठ्न छोडेको छ ।

महत्वपुर्ण जानकारी र सूचनाकालागि पटक पटक फोन र म्यासजेज गर्दा समेत उनले न त फोन उठानउने न त कुनै म्यासेजकै कुनै जवाफ नफर्काएको जनमानस तथा संचारकर्मीहरुको गुनासो छ ।
लकडाउकै बेलादेखि समाचार प्रयोजनकालागि दैनिक ५÷६ पटक फोन गर्दा एकपटक पनि नउठाएको र सन्देश पठाउँदा कुनै जवाफ समेत नर्फाएको जनकपुरका पत्रकार शैलेन्द्र क्रान्तिको गुनासो छ ।

Sponsored

‘यस्तो अवस्थमा पत्रकारको समेत फोन नउठाउने सिडियोले आम सर्वसाधारणको फोन कसरी उठाउँला ? यो गैरजिम्मेवारीपन चिन्ताको विषय हो,’ पत्रकार क्रान्तिले भने ।

उनले समाजिक संजाल फेसबुकमा लेखेका छन् , ‘धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको फोन लकडाउन बेला देखि उठ्न छोडेको छ । सिडीओ साहेव सुत्नु भएछ कि ?’

उनको यो टिप्पणीपछि राष्ट्रिय जनता पार्टीका महासचिव तथा राष्ट्रिय प्रवक्ता कृष्ण सिंहले सिडियोले पक्षमा रहेका केही सिमित व्यक्तिको फोन मात्र उठाउने संकेत गर्दै कटाक्ष गरेका छन् ।

यस्तै चुरे संरक्षण अभियन्ता सोम प्रसाद शर्माले क्रसर डनको फोन मात्र उठाउने गरेको टिप्पणी गरे । ‘यतिबेला ब्यापारी ,क्रसरडन हरु सगं भेटघाट टुटेको होला बिचरा गरुन् के फोन उठायर ।
प्रसासकले नागरिकको फोन किन उठाउथे , डनको भय पहिलो रिङ मै उठ्ने थियो,’ उनको टिप्पणी छ ।

यस्तै खेल प्रशिक्षक सुरेश शर्माले अति विशिष्ट व्यक्तिको फोन मात्र सिडियोले उठाउने गरेको टिप्पणी गरेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *