TodayPati

सर्लाहीमा नेपाल भारत बोर्डरको ८ वटै नाका खुला

टुडेपाटी-
सर्लाही, असोज ११ गते ।

सर्लाहीमा नेपाल भारत सीमाको ८ वटै नाका खुला गरिएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सर्लाहीको बैठकले भारतसँग सीमा जोडिएका ८ वटै नाका खुला गर्ने निर्णय गरेको हो।

Sponsored

आइतवार भएको डीसीएमसीको बैठकले नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका ८ वटै नाका खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।

बैठकले सदरमुकाम मलंगवास्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित संग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बाराउद्योरण र फेन्हरा नाका खुला गर्ने निर्णय गरेको हो ।

खुला गरिएका सबै नाकामा हेल्थ डेक्स स्थापना गर्ने निर्णय स्थानीय प्रशासनले गरेको जनाएको छ ।

Sponsored

स्वास्थ्य कार्यालयमार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको प्रजिअ महतोले जानकारी दिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *