जलेश्वरको भार्गवसर पोखरी सौन्दर्यकरणको महन्थ ठाकुरले गरे शिलान्यास
रञ्जन भण्डारी-
महोत्तरी, असोज १० गते ।
सदरमुकाम जलेश्वर स्थित रहेको भार्गवसर पोखरी सौन्दर्यीकरण गर्न शनिवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले सौन्दर्यीकरण कार्यक्रमको शिलान्यास गरेका छन् ।
महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य समेत रहेका अध्यक्ष ठाकुरले धार्मिक ऐतिहासिक महत्व वोकेको भार्गवसर पोखरी र पोखरीसंगै रहेको रामजानकी कुटीक्षेत्रलाई सौन्दर्यीकरण गरि पर्यटकिय स्थलको रुपमा विकास गर्न शिलान्यास गरेका हुन् ।
शिलान्यपछि मन्चबाट नेता महन्थ ठाकुरले यस पुण्य भुमिमा सौन्दर्यीकरण गर्न कार्यक्रम शिलान्यास गर्न पाएकोमा आफु निक्कै शौभाग्यशाली रहेको बताए । उनले पौराणिक र ऐतिहासिक महत्व बोकेको भार्गवसर पोखरी र कुटी भृगु मुनिको तप स्थल र समाधी स्थलको रुपमा रहेकोमा यहा पर्यटक भित्र्याउन यस कार्यक्रमले सघाउने बताए ।
उनले विभिन्न समयमा भार्गवसर कुटी स्थलको निक्कै चर्चा सुनेकोले यस पवित्र भुमिलाई ओझेल हुन बाट जोगाउन सौन्दर्यीकरण आवश्यक रहेकोमा निर्माण कम्पनीले समयमै आफ्नो जिम्मेवारी पुरा गर्नेमा आफु विश्वस्त रहेको बताए ।
यता जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले शरिरमा जस्तो सुकै थकान,पिडा वा मानसिक तनाव भएको खण्डमा यस स्थलमा आएर केहि वेर वस्दा शान्तीको अनुभुति हुने बताए । उनले अझै सौन्दर्यीकरण पछि यस स्थलको स्वरुप फेरिने र मर्निंग वाक गर्ने देखि विहान वेलुका केहि वेर शान्त स्थानमा वस्न चाहनेहरुको लागि यो स्थल अझै लाभकारी हुने बताए ।
Sponsored
कार्यक्रममा लोसपाका नेता अनिल झा,पुर्व राज्यमन्त्री अभिराम शर्मा,साँसद रानी शर्मा,साँँसद वविता चौधरी,पुर्व साँसद वसन्ती देवी सहित विभिन्न पार्टीका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति प्रमुख सुरेश प्रसाद सिंह,प्रसासन र सुरक्षानिकाय प्रमुखहरु समेतले शिलान्यास कार्यक्रममा सहभागिता जनाएका हुन ।
पर्यटन मन्त्रालयबाट चार करोड भन्दा वढी र जलेश्वर नगरपालिकाको दुई करोड भन्दा वढी गरि भ्याट सहित कुल छ करोड सत्तरी लाख चौबन्न हजार ५७८ रुपयाको लागतमा सोन्दर्यकरण हुन लागेको हो ।
उक्त स्थलमा बालबालिका खेल्ने पार्क,मर्निंग वाकको लागि फुटपाथ,पिकनिक स्पोट,खेल मैदान,हल,हिन्दु र मुस्लिम दाह संस्कार घाट,मन्दिर क्षेत्र,पार्किंग क्षेत्र,छठ घाट,मुर्र्ति क्षेत्र,सार्वजनिक शौचालय र पोखरी जिर्णोधार तथा सौन्दर्यीकरण लगायतका कार्यहरु १५ महिना भित्र सम्पन्न हुने गरि सिएम सुपेरियर,श्री भगत जेभीलाई उक्त निर्माण जिम्मा दिइएको हो ।
जलेश्वर नगरपालिका मेयर रामशंकर मिश्र,कार्यकारी अधिकृत रामुराज कडरिया र वडा नं. २ का वडाअध्यक्ष वरुण दाहाल समेतको अथक प्रयासपछि उक्त योजना ल्याउन सघाएकोमा कार्यक्रम स्थलमा नेता ठाकुरले सवैलाई धन्यवाद दिएका थिए ।