TodayPati

टुडेपाटी-
सप्तरी, असोज १० गते ।

नेपाल भारत महिला मैत्री समाजले सप्तरीको तिलाठि कोइलाडी गाउँपालिकाका बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका छन् ।

आइतबार राजबिराजमा आयोजित एक कार्यक्रमबीच भारत सरकारबाट प्राप्त सहयोग मैत्री समाजले करिब एक सय पीडित घरपरिवारलाई पुग्ने राहत सामाग्री हस्तान्तरण गरेको हो ।

सप्तरी जिल्ला विपद ब्यबस्थापन समिति अध्यक्ष तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई महिला मैत्री समाजकी अध्यक्ष तथा सघीय सांसद चन्दा चौधरीले करिब ४२ लाख बराबरको राहत सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले राहत वास्तविक पीडित समक्ष पुग्नु पर्नेमा जोड दिइन् ।
त्यस्तै, प्रजिअ जनार्दन गौतमले सहयोगका लागि भारत सरकार र महिला मैत्री समाजलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो । सो अवसरमा पीडितहरुको अस्थायी बसोबासका लागि ठूलो टेन्ट-३० वटा , सानो टेन्ट-५५ वटा, मझौला टेन्ट-२५ वटा र प्लाष्टिकको गुन्द्री-२०० वटासहितको सामाग्री प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *