नेकपा एसमा सनाखत गरेका धनुषाका वडाध्यक्ष र सदस्य पुनः एमालेमै फर्के
टुडेपाटी–
जनकपुरधाम, असोज ९ गते ।
नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका एक वडाध्यक्ष र वडासदस्य नेकपा एमालेमै फर्केका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ३ का अध्यक्ष हिरालाल महतो र वडा सदस्य जिवछी देवी एमालेमै फर्केका हुन् ।
दुबैजना गएको भदौ २१ गते एमालेबाट नवगठित नेकपा एसमा सनाखत गरेका थिए ।
शनिबार बटेश्वर गाउँपालिका वडा नंं ३ मा एमालेले आयोजन गरेको प्रथम वडा अधिवेशनमा वडाध्यक्ष र सदस्य पार्टी प्रवेश गरेका हुन् ।
Sponsored