TodayPati

लोसपा प्रदेश २ संसदीय दलको पहिलो बैठक आइतबार बस्दै, ठाकुर र महतो जनकपुरमा

टुडेपाटी-
जनकपुरधाम, असोज ९ गते ।

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ संसदीय दलको पहिलो बैठक आइतबार बस्दै छ । जनकपुरधाममा दिउँसो २ बजे बस्ने लोसपा संसदीय दलको बैठकले दलका नेता चयन गर्ने तयारी छ ।

दलको नेता चयन गर्न लोसपा केन्द्रिय अध्यक्ष महन्थ ठाकुर जनकपुरधाम आएका छन् भने बरिष्ठ नेता राजेन्द्र महतो केहिदिनदेखि जनकपुरमै छन् ।

Sponsored

दुबै नेताको पहिलो संसदीय दलको बैठकमा विशेष उपस्थिति रहने जनाएको छ । बैठकमा दलको नेता चयन, प्रदेश सरकारबाट सर्मथन फिर्ता लिने वा नलिने र समसमायिक विषयमा छलफल हुने बुभिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित भएर गठन भएको लोसपामा प्रदेश २ मा १६ सांसद छन् । प्रदेशसभा सचिवालयमा तेश्रो दलको हैसियतामा लोसपा रहेको छ ।

संसदीय दलको नेतृत्वको लागि जीतेन्द्र सोनल, सरिता साह र उपेन्द्र महतोले कसरत गरिरहेका छन् ।

Sponsored

दलका नेताको आकांक्षी बढेको र उनीहरू लोकतान्त्रिक प्रक्रियाबाट दलका नेता चयन गर्नुपर्ने आवाज उठाएपछि विधान बनाइएको छ । सहमति नजुटे विधानअनुसार चुनावबाटै दलका नेता चयन हुने ती दलका प्रदेश सांसदहरुले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *