जनकपुर प्रादेशिक अस्पतालका कर्मचारी खान्छन् प्रतिकप ३७० रुपैयाँ पर्ने चिया
टुडेपाटी-
जकपुरधाम, असोज ९ गते ।
प्रदेशिक अस्पतल जनकपुरले एक कप चियामा ३७० रुपैयाँ खर्च गरेको पाइएको छ ।
करारमा नियुक्त डाक्टर, मेडिकल अफिसर, स्टाफ नर्स लगायतका १०९ जना कर्मचारी कोरोना महामारीको समयमा होटलमा बसेको अवधिमा एक कप चिया खाएवापत ३७० रुपैयाँ खर्च गरेको महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।
करारमा नियुक्त डाक्टर, मेडिकल अफिसर, स्टाफ नर्सलगायतका कर्मचारी होटल तथा बैंकेटमा बसेको भन्दै एकजना चिकित्सकको सिफारिसको आधारमा ठेक्का दरअनुसार प्रतिव्यक्ति बासको १ हजार १ सय र चियाको ३७० का दरले ३८ लाख ९५ हजार खर्च लेखेको पाइएको हो ।
आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ ९८० मा भुक्तानी पूर्व रीत पुगेरनपुगेको चेकजाँच गरेर मात्र भुक्तानी दिनुपर्ने व्यवस्था रहे पनि अस्पतालले सो रकम मनोमानी खर्च गरेको देखिएको हो ।
होटलमा बस्नुपर्दा खर्च गर्न पाउने मापदण्ड वा निर्देशिका बेगर भुक्तानी भएकोले यकिन गर्न नसकिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
Sponsored