TodayPati

एमालेसंग प्रभु साहको आठ असन्तुष्टि

टुडेपाटी-
जनकपुरधाम, असोज ८ गते ।

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेता प्रभु साहले एमाले नेतृत्वसँग आठ असन्तुष्टि जनाएका छन् ।

पछिल्लो समय एमालेको बैठकमा अनुपस्थित देखिने साह आठ बुँदे माग सार्वजनिक गरेका हुन् ।

Sponsored

साहले पार्टी नेतृत्वलाई एमालेलाई नेकपाकै निरन्तरतामा बुझ्नुपर्ने, नेकपाले अभ्यास गरेको जनताको जनवादलाई आगामी महाधिवेशनसम्म व्यापक छलफल गर्दै विकास गर्नुपर्ने, संविधानका त्रुटी सच्याउँदै समाजवादको दिशामा अघि बढ्नुपर्ने, नेता कार्यकर्ताहरूको मर्यादाक्रम निर्धारण गर्नुपर्ने, पार्टी संगठन र जवसहरुमा सम्मानजनक सहभागिता हुनुपर्ने तथा आइटी आर्मीलाई जनसंगठनकै रुपमा मान्यता दिनुपर्ने लगायतका माग अघि सारेका हुन् ।

गत फागुन २३ को फैसलाले नेकपालाई वैधता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काउँदा एमालेतिर बसेका थिए ।

पार्टीको बैठकमा सहभागिता नदेखाइ साह आफ्नै छुट्ै समूह बनाएर ‘आइटी आर्मी’ का नाममा सक्रियता बढाएका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *