मन्त्री र वडाध्यक्षबीच गालीगलौज काण्डः मन्त्रीले बुझाए ज्ञापन, वडाध्यक्ष पक्षले गरे नाराबाजी
टुडेपाटी-
जनकपुरधाम, असोज ५ गते ।
प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले आफुमाथि दुव्र्यहार गरेको भन्दै कारबाहीको माग गरेका छन् ।
मंगलबार नेपाली काँग्रेसको केन्द्रिय पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यतालाई लिएर मन्त्री सिंह र सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लखिन्द्र महतोबीच विवाद भएको थियो । सो क्रममा एकले अर्कालाई हातहालाहालसम्मको अवस्था सृजना भएको थियो । दुबैले एक अर्कालाई अभद्र अश्लील गालीगलौज गरेका थिए ।
मन्त्री सिंह सर्लाही क्षेत्र नं. ४ (क) बाट निर्वाचित प्रदेश सांसद हुन् । मन्त्री सिंहमाथि पार्टी कार्यालय सानेपामा नेता अमरेश सिंहको उक्साहटमा लीगलौच एवं दुर्व्यवहारर गरिएको भन्दै क्षेत्रीय समितिले कारवाहीको माग गरेको हो ।
बिहीबार प्रदेश मन्त्री सिंह, पूर्व सांसद हरेश महतोसहितको उपस्थितिमा क्षेत्रीय सभापति रामआश्रय साहले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।
यता वडाध्यक्ष लखिन्द्र महतो लगायतले पार्टी कार्यालय सानेपामै बिहीबार मन्त्री सिंहमाथि कारवाहीको माग गर्दै नाराबाजी गरेका छन् । आफुमाथि मन्त्री सिंहले दुव्र्यहार गरेको भन्दै नाराबाजी गरेका थिए ।
Sponsored
एउटै निर्वाचन क्षेत्र भएपनि दुई नेताबीच सौहार्द सम्बन्ध छैन । अमरेश संस्थापनइरत समूहमा छन् भने प्रदेशमन्त्री सिंह संस्थापन निकट नेता हुन् । क्रियाशील सदस्यताको विषयमा दुवै पक्षबीच विवाद हुँदै आएको छ ।