TodayPati

प्रदेश राहत कोषमा सबैभन्दा पहिला सिद्धार्थ बैंकले दिए १० लाख

टुडेपाटी-
जनकपुरधाम, चैत १६ गते ।

कोरोना भाइरस बाट प्रभावित व्यक्तिहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्थाहरुले रकम पठाउन शुरु गरेको छ ।
राहत कोषमा सबै भन्दा पहिले सिद्धार्थ बैंकले १० लाख रकम जम्मा गरेको छ । सिद्धार्थ बैकका जनकपुर स्थित प्रतिनिधिहरुले १० लाखको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन ।

यसै गरि भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिन बहादुर गुरुङ्गले २५ लाख प्रदेश राहत कोषलाई उपलब्ध गराउने घोषणा गरेको छ ।

Sponsored

प्रदेश सरकारले २५ करोड रकम राखेर राहत कोषको स्थापना गरेको छ भने मन्त्रीहरुले एक महिनाको तलब उक्त कोषमा राखि सकेको छ भने प्रदेश सभा सदस्यहरुले समेत घोषणा गर्ने क्रम जारी रहेको छ ।

प्रदेश सरकारले राहत कोषमा रकम सहयोग गर्न प्रदेश स्थित व्यपारिक घरना, अन्य समाजिक संघ संस्था तथा इच्छुक व्यक्तिहरुलाई समेत आह्वान गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *