TodayPati

प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत

टुडेपाटी-
जनकपुरधाम,भदौ २७ गते ।

प्रत्येक आर्थिक वर्षको ८ महिनामा प्रकाशित गर्नुपर्ने आर्थिक सर्वेक्षण प्रदेश २ सरकारले पहिलोपटक प्रकाशन गरेको छ ।

आर्थिक सर्वेक्षण अनुसार प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको उल्लेख छ ।

Sponsored

प्रदेश सरकारको आर्थिक उन्नतिका लागि गरिबी निवारण, रोजगारी सिर्जना, वित्तीय क्षेत्रको सुधारलगायत आर्थिक सुशासन र वित्तीय सुशासन कायम गरी आर्थिक वृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको अर्थ मन्त्रालयका सचिव काशिराज दाहालले जानकारी दिए ।

सर्वेक्षणमा वित्त, वित्तीय क्षेत्र, गरिबी निवारण, रोजगारी, सुशासन, सामान्य प्रशासन, कृषि, वन तथा भूमि सुधार, उद्योग पर्यटन तथा भौतिक पूर्वाधारका परिसूचक समावेश गरिएको छ।

कोभिड–१९ का कारण प्रदेश–२ का मात्र नभई देश कै उद्योग पर्यटनलगायत क्षेत्रमा नकरात्मक असर देखिए पनि कृषि र सेवाको क्षेत्रमा सुधार भएको सर्वेक्षणमा उल्लेख छ।

Sponsored

प्रदेश २ मा आ.व. २०७७र७८ मा कूल ग्राहस्थ उत्पादनमा कृषि, सेवा र उद्योग क्षेत्रको योगदान क्रमशः ३९, ५०.२ र १० प्रतिशत रहेको अनुमान गरिएको थियो। राष्ट्रिय तहमा १३.३ प्रतिशत हिस्सा ओगटेको प्रदेश २ ले कोरोना महामारीमा पनि राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा १३.२ प्रतिशत योगदान दिएको सर्वेक्षणमा उल्लेख छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *