TodayPati

संखुवासभामा एकै परिवारका ६ जनाको ह’त्या गर्ने आरोपी पक्राउ, किन गरे घटना ?

टुडेपाटी

संखुवासभा, भदौ २६ गते ।

संखुवासभामा एकै परिवारका ६ जनालाई धारिलो हतियार प्रहार गरि ह’त्या  गर्ने आरोपी पक्राउ परेका छन् ।

Sponsored

पक्राउ पर्नेमा सो परिवारकै नातामा भतिजा पर्ने संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ कै २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् ।

गएको भदौ २१ गते बिहान  मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको सामूहिक  ह’त्या भएको थियो ।

भोलिपल्ट बिहान उनीहरूको शव फरक–फरक चार स्थानमा फेला परेको थियो ।

Sponsored

पक्राउ परेका आरोपी लोकबहादुरले तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा ह’त्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।  तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । सोही रिसमा भतिज लोकबहादुरले ह`त्या गरेको प्रहरीको अनुसन्धानले देखाएको जनाएको छ ।


मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ ।

प्रहरीका अनुसार  घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ। कार्कीले सुरूमा तेजबहादुरलाई प्रहार गरेका थिए ।  त्यसपछि परिवारका सदस्यहरूले देखेपछि  क्रमशः पालैपालो अरूलाई धारिलो हतियार प्रहार गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *