TodayPati

सबैलाका मेयरको सवारी मोह : कानुन विपरीत एक वर्षमै किने पौने ६ करोडको गाडी

टुडेपाटी-
जनकपुरधाम, भदौ २६ गते ।

सबैला नगरपालिकाले कानुनको विपरीत एकै वर्षमा पौने ६ करोडको गाडी खरिद गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा सबैला नगरपालिकाले महिन्द्रा स्कारिपयो लायतको गाडी खरिदमा ५ करोड ७६ लाख ५५ हजारमा खर्च गरेको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले देखाएको छ ।

Sponsored

अर्थ मन्त्रालयको स्थानीय तहमा बजेट तर्जुमा कार्यान्वयन आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७४ को निर्देशन नं. ५.१५ अनुसार नेपाल सरकारबाट उपलब्ध गराइएको बजेट तथा स्रोत साधनबाट कार्यालयको नियमित प्रयोजनका लागि सवारी साधन खरिद गर्न नपाइने व्यवस्था रहेकाे छ ।

उक्त व्यवस्थालाई अवमूल्यन गरी पालिकाले संघीय सरकारबाट प्राप्त अनुदानबाट कार्यालय प्रयोजनका लागि स्कारपियो खरिद गरेको छ । सवारी साधन खरिद गर्दा निर्देशिकाको कुनै पालना नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

यस्तो सबैला नगरपालिकाको धनुषा जिल्लाको १८ पालिका मध्ये सबभन्दा बढी बेरुजु रहेको छ ।

Sponsored

यस नगरपालिकाको आ.व. २०७६/०७७ मा २८ करोड २७ लाख २९ हजार रुपैयाँ बेरुजु भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ७ करोड १६ लाख ३ हजारको लेखापरीक्षण हुँदा सो नगरपालिकामा २८ करोड २७ लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यो कूल परीक्षण रकमको २६.३८ रहेको महालेखाको कार्यालयले जनाएको छ । अहिलेसम्म यस नगरपालिकाको ५८ करोड ४९ लाख ५४ हजार रुपैयाँ बेरुजु भएको हो ।

लेखापरीक्षणबाट २८ करोड २७ लाख २९ हजार बेरुजू देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने ४६ लाख ७७ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १८ करोड ३ लाख ६२ हजार, नियमित गर्नुपर्ने ३ करोड २८ लाख ९३ हजार र पेश्की बाँकी ६ करोड ४७ लाख ९३ हजार रुपैयाँ रहेको

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *