दशैंमा सरकारले सबै गरिब परिवारलाई १०-१० हजार रुपैयाँ दिने
टुडेपाटी-
जनकपुरधाम, भदौ २६ गते ।
सरकारले अति विपन्न गरीबलाई दशैंमा प्रति घरपरिवार १०-१० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै देशभरिका ५ लाख गरिब घर परिवारलाई दशैं पहिला नै १०-१० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।
कोरोनम महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोजभित्रै १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने सरकारले घोषणा गरेको हो ।
Sponsored
सो रकम असोजभित्रै स्थानीय तहको समन्वयमा हस्तान्तरण गर्ने गरी आवश्यक तयारी गरेको अर्थमन्त्री शर्माले बताए ।