TodayPati

कांग्रेस वडा सभापतिमा सरसफाइ अभियानी ठाकुरको उम्मेदवारी घोषणा

टुडेपाटी-
जनकपुरधाम, भदौ २४ गते ।

जनकपुरधाम, भदौ २४ गते । आम नागरिकका लागि अहोरात्र खट्दै आएका सामाजिक युवा अभियन्ता दिपक ठाकुरले विकास निर्माणमा फड्को मार्न राजनीतिक रुपले अघि पाइला टेक्न शुरुवात गरेका छन् ।

उनले १४ औं महाधिवेशनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

Sponsored

अभियन्ता ठाकुरले भने समाजको सेवाप्रति युवाहरुको भूमिकाविहीन अवस्थामा नै उतरदायी भई काम गर्दै आएकोले नेतृत्व पाएको खण्डमा समाजिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

उनले भने आफू बिना कुनै पदमा रहेर गत वडाको विकासका लागि सरसफाईदेखि बाटोघाटोमा करीब ७-८ वर्षदेखि अभियानकै रुपमा कार्य गर्दै आएको बताए । वडामा सरसफाईका लागि संस्थागत रुपमा टोल सुधार समिति गठन गरी कार्य अघि बढाएर चर्चामा आएका अभियन्ता ठाकुरले ज्यानको परवाह नगरी व्यक्तिगत र संस्थागत रुपमा कोरोना महामारीका बेला वडावासी मात्र होइन धनुषा जिल्लाकै जनताका लागि २४ औं घण्टा दिनरात खटेर समाजिक दायित्व निर्वाह गरिसकेको बताउँछन् ।

कोभिड महामारीका बेला जनकपुरधाम लगायतका क्षेत्रमा सक्रिय भएर सहयोग गर्दै पिडितहरुलाई राहत वितरण तथा सहयोगका कार्यहरु गरेकोमा कोभिड हिरोको अवार्डबाट समेत आफू सम्मानित समेत भइसके जानकारी गराए ।

Sponsored

पार्टीका वातावरण, जलवायु परिवर्तन तथा विपत व्यवस्थापन विषयगत समितिका विज्ञ समेत रहको अभियन्ता ठाकुरले देशले बर्षौदेखि युवाको नेतृत्व नपाएकाले उल्लेख्य रुपमा देशको विकास र समृद्धिमा योगदान पुग्न नसकेकोले अबको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताए ।

तपाईको उम्मेदवारी किन र के का लागि भन्ने जिज्ञासामा अभियन्ता ठाकुरले भने ‘वर्षौदेखि सिमित व्यक्तिले पद खोसेर समाजका लागि न त आफू केही गर्न सकेका छन् न कसैलाई अवसर नै दिएका छन् । म बिना कुनै पदकै वडावासी सहित समाजका लागि वर्षौदेखि काम गर्दै आएका छु । पदमा गएपछि त्यसलाई राजनीतिक र संस्थागत रुपमा विकासका थप कामहरु प्रभावकारी रुपले अघि बढाउन उम्मेदवारी दिने घोषणा गरेको छु ।’

आफू निर्वाचित भएपछि आफ्नो अनुभव सहित अनुभवी व्यक्तिबाट अनुभव लिदै युवाहरुको साथ र सहयोगका साथै अघि बढने उनको भनाइ छ । यसमा सबैको साथ सहयोग पाउने अपेक्षा राखेर आफूले समाजप्रति निर्वाह गरेको भूमिकाले पनि सहयोग पाउने विश्वास छ उनको ।
ठाकुरले युवाको उम्मेदवारी कसैलाइ हराउन वा झुकाउन नभई आमूल परिवर्तन र समाज राष्ट्रलाइ समृद्ध बनाउनका लागी नै युवाले आफ्नो नेतृत्व खोजेको बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *