जनकपुर मधेश हस्पिटलको लापरवाहीले सुत्केरीको मृत्यु, चारदिनदेखि धरानमा लास बन्धक
टुडेपाटी-
जनकपुरधाम, भदा २२ गते ।
व्यथा लागेपछि भदौ ५ गते सर्लाहीको हरिपुर्वा नगरपालिका ८ बसन्तपुरकी २८ वर्षीया सुत्केरी गराउन जनकपुरको मधेश हस्पिटलमा भर्ना भइन् । शल्यक्रिया मार्फत पुनमले दुई छोरा शिशुलाई जन्म दिइन् । शल्यक्रिया पश्चात अस्वभाविक रुपमा पुनमको पेट सुनिदै (फुल्दै) गयो । फँस्ने डरले हस्पिटलले पुनमकी पति रामचन्द्र माझीलाई चाँडो यहाँबाट पुनमलाई उपचारको लागि लैजान दबाब दिन थाले ।
पुनमको परिवार बिचलित भए । यहाँ नै उपचार गरिदिनुस् भनेर गुहार लगाए । हस्पिटलले मानेन । फँस्ने डरले हस्पिटल हरहिँसाबपछि गर्ने गरी आफैले एम्बुलेन्सको व्यवस्था गरेर पुनमलाई वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान रेफर गर्यो ।
मधेश हस्पिटलले शल्यक्रियामा गरेको गम्भीर त्रुटिको कारण उपचारकै क्रममा गएको शनिबार साँझ सत्केरी पुनमको मृत्यु भयो । तर, पुनमको मृत्ययु भएको चारदिनसम्म उनको शव हस्पिटलै छ । स्थानीय एक अरविन्द्र यादवको फार्मेसीमाबाट पुनमको उपचारको लागि लगेको औषधिको ३ लाख ५ हजार रुपैयाँ बाँकी छ । फार्मेसीले औषधिको बिल तिरेर मात्र शव लग्नु भनेपछि पति रामचन्द्र भौतारि रहेका छन् ।
शव चारदिनदेखि हस्पिटल मै छ । शव हस्पिटलबाट निकालेर लैजाने बेला फार्मेसीले रोके सडकमा केहि गर्ने डरत्रासले रामचन्द्र हस्पिटलको समेत हरहिँसाब गराएका छैनन् ।
फार्मेसीले धम्काएपछि रामचन्द्रले हस्पिटलको समेत हरहिँसाब गराएका छैनन् ।
अस्पतालले पैसा विनै पनि शव दिइसकेपछि फार्मेसीले रोक्दा सडकमा के गर्ने भनेर उनी डराएका छन् ।
‘फार्मेसीले ३ लाख ५ हजार रुपैयाँ बुझएर मात्र लास लग्नु । नत्र लास लैजान दिन्न भन्यो । हामी एकदमै विपन्न गरिब परिवार । जायजथा केहि छैन । त्यत्रो रुपैयाँ पैसा कहाँबाट ल्याउ हजुर रु’ रामचन्द्रले भक्कानिदै टुडेपाटीसंग भने ‘अस्पतालको हिँसाब पनि गराएको छैन । यदि अस्पतालले गरिब भनेर पैसा नलिएर शव दियो भने फार्मेसीबलाले सडकमा रोक्दा के गर्ने रु त्यहि भएर यतिकै भौतारिरहेको छ । गाउँमा चन्दा शंकलन थालेको जानकारी पाएको छु । पैसा नपुगेसम्म यतिकै भौतारिनु पर्छ । ’
Sponsored
गाउँमा फोन गरेर समस्या सुनाउँदा स्थानीयले चन्दा शंकल थालेका छन् । हरिपुर्वाका युवक राहुल राजले पुनमको शव ल्याउन ५६ हजार संकलन गरेको बताए ।
पुनमको शल्यक्रिया गरेको मधेश हस्पिटल जनकपुरको पीडारीचोक भन्दा सय मिटर पश्चिममा सञ्चालमा छ । मापदण्ड विपरीत नै संचालनमा रहेको जनकपुरको थापाको स्थित समर हस्पिटलमै काम गर्ने पूर्व कर्मचारी एचए चेतनारायण राय, सुभाष मुखिया र चन्द्रदीप ठाकुरले संयुक्त रुपमा मधेश हस्पिटल खोलेका हुन् । दक्ष चिकित्सको नाम राख्ने तर गम्भीर प्रकृतिको बिरामी, शल्यक्रिया जस्तो संवेदनशील उपचार एचए जस्ता स्वास्थ्यकर्मीको भरमा हुँदा पुनम जस्ता बिरामीले आकालमै ज्यान गुमाउनु परेको जनकपुरकै अनुभवी चिकित्सकको भनाइ छ ।
यता मधेश हस्पिटल संचालक चेतनारायण रायले पुनम भर्ना हुनु अघि उनको अवस्था समान्य रहेकाले आफ्नो हस्पिटलमा भर्ना लिएको बताए ।
मेरो गाउँतिरकै भएकाले पाँचदिन अघि भर्ना गर्न भनेको थिएँ । तर ढिलो आयो । ब्लडप्रेसर र किडनीको सिकायत थियो । नर्मल प्रशुति गराउन खोज्दा दुई शिशुको हात र टाउको एकैपटक निस्केर अड्कियो त्यसैले अन्त सयमा स्त्री रोग विशेषज्ञ डा. जयनाथ साहले शल्यक्रिया गरि बच्च बाहिर निकाल दिनु भो, संचालक रायले भने , त्यसपछि विपी बढ्न थाल्यो । परिवारका आफन्तले बाहिर नै रेफर गरदिनुस् भन्दा पठायौं ।
उनले हस्पिटलको उपचार खर्च ५३ हजार भएको बताए । परिवारजने पछि दिने सर्तमा पठाएको उनको भनाइ छ ।
पछिल्लो समय जनकपुराम उपमहानगरपालिकाकै सिफारिसमा मापदण्ड विपरीत पाइलै पिच्छे निजी हस्पिटल खुलेको छ । जुन दलालको सेटिंगमा कमिसनमा बिरामी ल्याउने, लुट्ने र ज्यान समेत लिने गरेको छ । तर सम्बन्धित निकायले अनुगमन नियमनमा कुनै चाँसो दिएको छैन ।
प्रशासनलाई ती हस्पिटलहरुले मोटो कमिसन दिँदा निर्वाद रुपमा चलिरहेको छ ।