आज कुशे औँसी : बुबाको मुख हेर्ने दिन, जनकपुरमा तर्पण दिनेको भीड
टुडेपाटी-
जनकपुरधाम, भदौ २२ गते ।
आज कुशे औँसी मनाइँदै छ । आजको दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न पवित्र कुश घर–घरमा भित्र्याइ रहेका छन् ।
ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ ।
आज कुशे औँसीको अवसरमा अवसरमा छोराछोरीहरू आ–आफ्ना बाबुलाई मन पर्ने खानेकुरा, मिठाई , फलफुल लगायतको भोजन गराई आदर सम्मान प्रकट गर्दे बाबुको मुख हेर्ने चलन रहेको छ ।
बुबाको स्वर्गबास भएका छोराछोरीहरुले पवित्र नदी, पोखरी लगायतको जलासयमा स्नान गरी आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् ।
आजको आफ्ना स्वर्गीय बुबाको नाममा तर्पण तथा पीण्डदान गर्न जनकपुरको गंगासागर, धनु सागर, अर्गजासरमा सर्वसाधारणको भीड लागेको छ ।
Sponsored
आजको दिन तर्पण र पीण्डदान गर्नाले स्वर्गीय पिताले आत्मको शान्ति एवं मोक्ष पाप्त गर्ने धार्मिक विश्वास रहेको छ ।