जनकपुर : रेल्वेका कर्मचारीको कुर्सीमा प्रहरी !
टुडेपाटी
जनकपुरधाम, भदौ २१ गते ।
समाजिक तथा कानुनीरुपमा मर्यादाको निकै महत्व छ । त्यसैले गाउँ समाजमा आफुभन्दा जेठो तथा मान्यलाई आदरसत्कार गर्छौँ । कानुनी तथा सरकारी अड्डामा त अझ बढी यसको महत्व छ ।
सोही कारणले पनि होला ओहदाअनुसार मर्यादाक्रम तोकिएको हुन्छ । मर्यादा नमान्ने र उलंघन गर्ने कर्मचारी होस् वा आम नागरिक कानुनी कार्वाहीको भागिदार बन्नुपर्छ भनि कानुनमै उल्लेख पनि छ । यस्तै मर्यादा उलंघन गरिएको पाइयो जनकपुर रेल्वे स्टेशनमा । त्यहाँको एक अफिस कोठाको कम्प्युटर प्राविधिक बस्ने कुर्सीमा बसेक थिए, एक सुरक्षाकर्मी ।
नेपाल रेल्वे कम्पनीका नवनियुक्त प्रबन्धक तथा सञ्चालक निरन्जनकुमार झाले ज्यालादारीमा खट्दैआएका १५१ जनालाई एक सूचना प्रकाशित गरी अब उपरान्त हाजिर नगर्न भनेपछि त्यसै बिषयलाई लिएर रुष्ट कर्मचारीहरु विरोध प्रदर्शन गर्नेसक्ने सम्भावनालाई दृष्टिगत गरि सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय धनुषाबाट एक जत्था जनपद प्रहरी जनकपुरधामस्थित रेल्वे स्टेशनमा खटिएका थिए ।
त्यसमध्ये कोही प्रहरी स्टेशन क्षेत्रमा तैनाथ थिए भने एकजना सिनियर प्रहरी अधिकारी (सई) मर्यादा बिर्सेर कम्प्युटर प्राविधिकको कुर्सीमा आसिन देखिए । अरु कर्मचारीको कुर्सीमा बस्नुहुन्न भन्ने कुराको हेक्का बिर्सेका ति प्रहरी अधिकारी कर्मचारीकै शैलीमा बसेका थिए ।
आफुभन्दा ओहदामा तल भएपनि त्यस किसिमले बस्न मिल्दैन । बस्नै परेपनि कुर्सी तानेर टेबुलको छेउमा बस्नुपर्छ । तर उनी यसरी बसेका थिए मानौं उनी नै त्यो पदको कर्मचारी हुन् ।
Sponsored