प्रदेश २ : पदको लोभमा महिनैपिच्छे कित्ता र्फेर्ने यी चतुर प्रदेश सांसद !
टुडेपाटी-
जनकपुरधाम, भदौ २१ गते ।
पदका लागि महिनैपिच्छे कित्ता फेर्ने प्रदेश २ नेकपा एमालेका प्रदेश सांसद सुन्दर बहादुर विश्वकर्मा चतुर नेता मानिन्छ ।
गएको बिहीबार दिउँसोसम्म पुर्व एमालेका संसदीय दलका नेता शत्रुधन महतो सहितका १० जना सांसदहरुले विश्वकर्मालाई केहीबेरसम्म पर्खेर बसेका थिए । तर विश्वकर्मा आएनन् । उनी नआएपछि प्रदेशसभास्थित पुर्व एमालेको संसदीय दलको कार्यालयमा भेला भएका १० जना सांसदहरु प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरे । सनखत गरेका प्रदेश सांसद महतोले केहि कारणबस प्रदेश सांसद द्वय सुन्दर विश्वकर्मा र सीता गुरुङ आउन नसकेको र अर्को दिन सनाखत गर्ने बताए ।
तर विश्वकर्मा गुरुङलाई लिएर वीरगञ्जमा सोहिदिन नेकपा एमालेले गरेको एकसभामा सहभागि भए । पछि दुबैजनाको मञ्चमा आशनग्रहण गरेको तस्बीर बाहिरियो । उनीहरु आफु माधवन नेपाल नेतृत्वको एकीकृत समाजवादमा नजाने भन्दै माधव नेपालको विरुद्धमा नानाथरी कुराहरु सम्बोधन गरे । यहाँसम्मको मिडियामा समेत गर्जिन दुबैजना पछि परेनन् ।
तर आइतबार नै एमाले छाडेर सांसद द्वय विश्वकर्मा र गुरुङ जनकपुर स्थित प्रदेश निर्वाचन कार्यालय पुगेर माधव नेपाल नेतृत्वकै एकीकृत समाजवादीमा सनाखत गरेका छन् । श्रोतका अनुसार सांसद विश्वकर्मा मन्त्री बन्ने सर्त पुरा भएपछि एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
विश्वकर्माले कित्ता परिवर्तन गरेपछि धेरैजसो सांसदले यसलाई समान्य रुपमै लिएका छन् । ‘सांसद विश्वकर्मा पदको यतिधेरै लोभी हुनुहुन्छ कि भन्नै सकिन्न । रतीभर नैतीकता नभएका मान्छेको के कुरा गरौं,’ एक सांसदले भने ‘उहाँ एमालेको सक्रिय राजनीतीमै लागेदेखि नै पदका लागि कहिले यता कहिले उत्ता जान बेर लगाउनु हुन्न’
Sponsored
बारा क्षेत्र नं. ४ (क)बाट प्रदेशसभा निर्वाचनमा चुनाव जितेपछि विश्वकर्मा जसरी पनि पद हत्याउने योजनामा लागे । पदकै लागि उनले नेपाल खेमालाई छोडेर केपी ओली खेमामा गए । आफुलाई संसदीय दलको प्रमुख सचेतक बनाए संसदीय दलको नेतामा ओली समुहका नेता सत्य नरायण मण्डललाई सघाउने उनले प्रतिबद्धता जनाएपछि प्रमुख सचेतक बने ।
त्यतिबेला दलका नेता ओली समुहबाट भएपछि प्रमुख सचेतक माधव नेपाल पक्षका शत्रुधन महतोलाई दिने तयारी थियो । एक सांसदका अनुसार पद दिएपछि तपाईँकै समुहमा फर्किन्छु विश्वकर्माले भनेपछि ओली समूहमा लागेका थिए ।
ओली समुहमा लागेका सांसद विश्वकर्मा ओलीले संसद विघटन गरेको समर्थन र तत्कालीन नेपाल कमयुनिष्ट पार्टी (नेकपा) नेता पुष्पकमल दाहा, माधव नेपाल लगायतका नेताहरुको विरोध गर्न झण्डा लिएरै काठमाडौं समेत हानिएका थिए ।
तर ओली समुह प्रदेशसभा कमजोर बनेपछि उनी फेरि पद जोगाउन माधव खेमामा फर्केका थिए । तर झण्डै दुई महिनाअघि विश्वकर्मा ओली समुहमा फर्किने छाँटकाट देखाउन थाले ।
लगतै शत्रुधन महतोलाई एमाले संसदीय दलको नेताबाट हटाउन पुर्वमन्त्री रघुवीर महासेठले विश्वकर्मा सहितका सांसदहरुलाई जनकपुरस्थित आफ्नै निवासमा बोलाए ।
तर नेपाल पक्षले ओली समुहसँग विश्वकर्मा नजिकिएको सुइको पाएपछि फेरि उनलाई कन्भिन्स गर्न लागे । त्यसपछि उनी महासेठलाई आउँदै छु भनेर पनि आएनन् ।
‘प्रदेश सांसद विश्वकर्मा आउने कुरा गरेर पनि आउनुभएन । कहिले ढल्केवर आइपुग्यो भन्ने र नआउने । त्यती भनेर फोनै उठाउन छोड्ने गर्नुहुन्थ्यो ‘, ओली समुहका एक सांसदले भने । पदकै लागि महिनैपिच्छे खेमा फेरिरहने विश्वकर्माको हर्कतले हामी एमालेका सांसदहरु आजित भइसकेका छौं ।’
त्यहीँ कारणले छेपारोजस्तै रंग फेरिरहने विश्वकर्मालाई समेत पार्टीमा राख्नुपरेको विश्वकर्माको राजनीति लामोसमयदेखि हेर्दै आएका एक सांसदले बताए ।
विश्वकर्मा र गुरुङले आइतबार पदकै लागि एकीकृत समाजवादीमा सनाखत गरेपछि एमालेका अधिकांस सांसद चकित भएका छन् ।
एकीकृत समाजवादी पार्टीले सांसद विश्वकर्मालाई मन्त्रीm बारा जिल्ला अध्यक्षसँगै केन्द्रिय समितीमा समेत राख्ने वचन दिएपछि उनी सो पार्टीमा सनाखत गरेको श्रोतले जनाएको छ ।
यता दुबै सांसद अवसरवादी र विचारधारा नै नरहेको व्यक्ति रहेकाले महत्वपुर्ण पदको लोभ देखाएर भित्र्याइएको भन्दै एकीकृत समाजवादी पार्टीकै कतिपय सांसदअरुले असन्तुष्टि जनाएका छन् ।
नैतिक पतन भइसकेका लोभी, पापी सांसदहरुलाई ल्याउन उचित नभएको एक सांसदले नाम उल्लेख नगर्ने सबर्तमा प्रक्रिया दिए । हाम्रो बहुमत हुँदा हुँदै त्यस्ता लोभीलाई पार्टीमा ल्याउन ठीक नभएको ती सांसदको भनाइ छ ।