TodayPati

जसपामै रहने भनिएकी रानी शर्मासहित थप ३ सांसद लोसपामा, लोसपामा सांसद संख्या १५ पुग्यो

टुडेपाटी-
जनकपुरधाम, भदौ २० गते ।

जनता समाजवादी पार्टीका थप तीनजना प्रदेश सांसद लोकतान्त्रिक समाजवादी पार्टीमा खुलेका छन् ।

आइतबार जनकपुर स्थित निर्वाचन कार्यालय पुगेर प्रदेश सांसद अभिराम शर्मा, रानी शर्मा र उपेन्द्र महतो लोसपामा सनाखत गरको हुन् ।

Sponsored

रानी शर्मा जसपामै कायम रहने भनिएपनि पछिल्लो समय उनलाई फकाएर लोसपामा ल्याउन अध्यक्ष महन्थ ठाकुर ल्याउन सफल भएका छन् ।

No description available.

यससंगै प्रदेश २ मा लोसपामा जसपाका ५५ जना मध्ये १५ जना सांसद खुलिसकेका छन् ।

अझै जितेन्द्र सोनल भने सनाखत गर्न बाँकी नै छन् ।

Sponsored

केहि सांसदलाई फकाएर भदौ २२ गतेसम्म लोसपामा ल्याउन ठाकुर कम्मर कसेर लागेका हुन् ।

अब जसपामा ४० सांसद बाँकी रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *