TodayPati

कोरोना महामारी नियन्त्रणकालागि १ करोड रुपैँया दिने प्रदेश २ का सांसद महतोको घोषणा

टुडेपाटी
जनकपुरधाम, चैत १६ गते ।

विश्वभर फैलिदै गएको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि प्रदेश २ का प्रदेशसभा सदस्य उपेन्द्र महतोले १ करोड रकम दिने घोषणा गरेका छन् ।

प्रदेश सरकारले गठन गरेको राहत कोषण्मा निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रुपैँया दिने सांसद महतोले घोषणा गरेका हुन् ।

आइतवार समाजिक संजाल फेसबुक मार्फत सांसद महतोले उक्त घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘कोरोना महामारी नियन्त्रणको लागी प्रदेश सरकारद्वारा गठित राहत कोषमा म आफ्नो प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड़ दिने घोषणा गर्दछु।’

Sponsored

उनले यसकालागि प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन कार्यविधि संशोधन गरिदिन समेत प्रदेश सरकारसँग अनुरोध गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *